झापाका पाँचै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
झापा । नेकपा एमालेले झापा जिल्लाको ५ वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
झापा–५ बाट एकल रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको एमालेले झापा–१ मा पनि रविन कोइरालाको नाम सर्वसम्मत ढंगले एकल सिफारिस गरेको छ ।
झापाको २ नम्बर क्षेत्रमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलको नाम सिफारिस गरिएको छ । खरेलसँगै झापा–२ बाट देवराज घिमिरे, पवित्रा निरौला खरेल र ध्रुव सिवाकोटी नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट एमालेले केन्द्रीय सदस्य एवम् दुर्गा प्रसाईँ, मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र गङ्गादेवी धमलाको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा राप्रपासँग चुनावी तालमेल हुनसक्ने चर्चा छ । ३ नं क्षेत्र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको समेत चुनावी क्षेत्र हो ।
यस्तै झापा क्षेत्र नम्बर ४ बाट वर्तमान सांसद लालप्रसाद साँवा (एलपी) सहित हिराकुमार थापा, भोजकुमारी नेपाल, होमप्रसाद गौतम र चन्द्रकुमार शेर्माको नाम सिफारिस भएको नेकपा एमाले झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्