तपाईँ सुन्दै हुनुहुन्छः

महिला साफ मङ्गलवारबाट सुरु हुँदै

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ भोलि मङ्गलवारबाट सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

file photo

महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको हो । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले विगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताउनुभयो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button