तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र रुपान्तरणका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्छ’

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समाजको विकास र रुपान्तरणका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । 

मुक्त हलियाको समस्या र राज्यको दायित्व विषय कार्यक्रमको आज धनगढीमा उद्घाटन गर्दै उहाँले मुक्त हलिया परिवारको समस्या समाधान गर्ने सम्बन्धित निकायले पहलकदमी लिनु पर्ने बताउनुभयो ।

उहाँले मुक्तिको घोषणा भएर पनि पूर्वस्थान कार्य नभएका मुक्त हलिया परिवारको व्यवस्थापन चाडै गर्नेतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले सरकारबाट प्रमाणीकरण भएका १६ हजार ९ सय ५३ घरपरिवार मध्य हालसम्म १३ हजार ५ सय ४६ मुक्त हलिया परिवारले पुर्नस्थापनको प्याकेज प्राप्त गरेको जानकारी दिनुभयो । 

मुक्त घोषणा भएको १४ बर्ष सम्म सबै मुक्त हलिया परिवारको पुनर्स्थापना नहुँदा उनीहरुलाई जीविकोपार्जन गर्न समेत समस्या भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाईली लामो सर्घषपछि हलियालाई सरकारले मुक्त घोषणा गरेपनि पुनर्स्थापन कार्यमा ढिलाइ गरेको बताउनुभयो । उनीहरूका लागि उपलब्ध गराएको पुनर्स्थापन प्याकेन पर्याप्त नभएको उहाँले बताउनुभयो । 

कार्यक्रममा सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button