निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध: मन्त्री राई
नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बाँकेको नेपालगन्जमा नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल दाना उद्योग महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले स्थिर सरकार बनाएर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति बनेको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्