तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर २ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

file photo

कुल ३ हजार ५ सय ३७ नमूनाको परिक्षण गर्दा ९२ जना पिसिआर र एन्टीजेन परीक्षणबाट १ सय ८ मा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ जनाको मृत्यु भएको छ भने ३ सय ३९ संक्रमित निको भएका छन् ।

यस्तै २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button