तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गर्न आयोगको सुझाव

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

file photo

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएको ३७ औँ बैठकले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदातालाई जानकारी गराउन र निर्वाचन सम्पन्न भएपश्चात् कानुनबमोजिम उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न सुझाव दिने निर्णय गरेको हो ।

आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाका अनुसार सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतिको कारबाही अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय भएको छ । यस्तै सूचनाको हक कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीतिक योजनामा अन्तिम सुझाव प्राप्त गर्न आयोगको वेबसाइटमा एक महिनाका लागि राख्ने र सम्बद्ध मन्त्रालयको पनि सुझाव लिने आयोगले निर्णय गरेको छ ।

आयोगले नेपाल र बङ्गलादेशका सूचना आयोगबिच भएको आपसी सहयोगसम्बन्धी समझदारीपत्र तथा कार्यान्वयन कार्ययोजना बमोजिमका कार्य अगाडि बढाउने तथा भारत र श्रीलङ्काका सूचना आयोगसँग पनि आपसी सहयोगसम्बन्धी समझदारी गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button