‘धनकुटा नगर, विकासको लहर’ कार्यक्रम प्रसारणको सम्झौता
धनकुटा । धनकुटा नगरपालिकाको विकास निर्माण र समसामयिक गतिविधिहरू समेटिएको कार्यक्रम पाक्षिक रुपमा रेडियो नेपाल धनकुटाले प्रसारण गर्ने भएको छ ।

महिनाको पहिलो र तेस्रो बुधबार ४:१५ देखि ४:३० सम्म प्रसारण हुने ‘धनकुटा नगर, विकासको लहर’ कार्यक्रम प्रसारणको लागि आज धनकुटा नगरपालिका र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबिच सम्झौता भएको हो ।
सम्झौतामा हस्ताक्षर गर्दै धनकुटा नगर कार्यपालिकाका प्रशासकीय अधिकृत रामबहादुर थापाले धनकुटा नगरपालिकाले गरेका कार्य नागरिक समक्ष पुर्याउन र नगरवासीका गुनासा तथा अपेक्षा कार्यक्रममा समावेश हुने बताउनुभयो ।
रेडियो नेपाल धनकुटाका प्रमुख उद्धव सि ढाँट क्षेत्रीले यस किसिमको कार्यक्रमले नगरपालिकाको विकास तथा सुशासनमा बल पुर्याउन मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रमलाई गुणस्तरीय रुपमा उत्पादन तथा प्रसारण गर्न नगरपालिकाका सञ्चार इकाइका प्रमुख तथा सूचना अधिकारी डम्बर रोगु र रेडियो नेपाल धनकुटाका सम्पादक सुखकला राईलाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्