तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित पक्राउ परेका एक जना सार्वजनिक

टीकापुर कैलाली । कैलाली प्रहरीद्वारा लागु औषधसहित पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ । 

६ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित गएराति पक्राउ परेका गौरीगङ्गा नगरपालिका वडा नम्बर १ मालीका २२ वर्षीय विनोद खड्कालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

उनलाई गएराति मालीबाटै प्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रवक्ता जोशीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button