तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक सम्पन्न, भोलि फेरि बस्ने

काठमाडौँ । आगामी चुनावका लागि सिट बाँडफाँड लगायतका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धन दलको बैठक सम्पन्न भएको छ ।

file photo

छलफल सहमति नजिक रहेको र भोलि ११ बजे फेरि बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । छलफलबाट राजनीतिक निर्णय गरिने उहाँले बताउनुभयो ।

मन्त्री कार्कीका अनुसार बैठकमा अन्य दलहरूलाई पनि गठबन्धनमा सामेल गराउनेबारे छलफल भए पनि निर्णय भने भएको छैन ।

बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button