तपाईँ सुन्दै हुनुहुन्छः

बारामा अन्तर्राष्ट्रिय मञ्जु देवी भेट्रान कप फुटबल प्रतियोगिता हुने 

बारा । बाराको सिमरामा नेपाल र भारतका क्लबको सहभागिता रहने गरी दोस्रो अन्तर्राष्ट्रिय मञ्जु देवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । 

सिमरा भेट्रान क्लबले आज सिमरास्थित होटल सम्यकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा दार्जिलिङ, कोलकत्ता, सिक्किम, धरान, चितवन, जावलाखेल, चन्द्रनिगाहपुर, नवलपरासी, विराटनगर, बुटवल, पोखराको दुई, वीरगन्जको दुई र आयोजक क्लबको दुई टिमको सहभागिता रहने जानकारी गराएको छ । 

सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सिमरा रङ्गशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ ।

सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताको स्वर्गीय माता मञ्जु देवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । 

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्डलाई समेत विधागत पुरस्कारबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक हरि चौधरीले बताउनुभयो ।

प्रतियोगितामा ४० वर्ष उमेरभन्दा माथिका खेलाडी सहभागी हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button