महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिने क्रम जारी छ ।
समितिको संसद् सचिवालय सिंहदरबारमा जारी बैठकमा समितिको ४३ र नेपाल बार एसोसिएसनको २१ गरी ६४ वटा प्रश्नमा निलम्बित प्रधानन्यायाधीश जबराले जवाफ दिइरहनुभएको छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले सीमा बाहिर गएर जवाफ दिएको समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका नेता विश्वकर्माका अनुसार जबराले महाअभियोगबारे छलफल किन ढिला गरिएको भन्दै प्रश्न गर्नुभएको थियो ।

जबराले महाअभियोग स्वतः निष्क्रिय भइसकेको र संसद्को सम्मानका लागि आफू बैठकमा आएको बताउनुभएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्