राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको पूजा अर्चना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर पुगी भगवान् पशुपतिनाथको पूजा अर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी आज बेलुका दर्शनका लागि पशुपतिनाथको मन्दिर पुग्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति विकास कोषका पदाधिकारी तथा उच्च अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी हरितालिका तिज लगायत विभिन्न चाडपर्वका अवसरमा विगतका वर्षहरुमा पनि पशुपतिनाथ मन्दिर पुगी भगवान् पशुपति नाथको पूजा, अर्चना गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्