तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा अस्पतालमा उपचार सेवा थप

गोरखा । गोरखा अस्पतालमा थाइराइड र हाडजोर्नीका बिरामीको उपचार सुरु भएको छ ।

थाइराइडका बिरामीहरूको लागि परीक्षण उपकरण आएपछि उपचारको थालनी गरिएको गोरखा अस्पताल विकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताउनुभयो ।

थाइराइडकाे T3T4TSH अर्थात् TFT, भिटामिन B12, D परिक्षण सुरु भएको हाे । यसबाट नागरिकहरूलाई अन्य अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालले यस अघि होमियो डायलेसिस सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा रहेका ५ थान मेसिनबाट बिरामीहरूलाई सेवा प्रदान गरिएको हो । विगत दुई वर्षदेखि दमौली अस्पतालमा पुगेर डायलोसिसको सेवा लिइरहेको देवी बहादुर रानाले जिल्लामै सेवा पाउँदा अत्यन्त सहज भएको बताउनुभयो । आफूलाई हप्तामा दुई पटक चार घण्टाका दरले डायलोसिस गराउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

पछिल्लो समयमा उपचारमा विशेषज्ञ डाक्टर र उपकरणहरू थप भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठ बताउनुहुन्छ ।

उपचारका लागि आएका बिरामीहरूले सेवा पाए नपाएको बारे समितिका अध्यक्ष दैनिक बिरामीकहाँ पुग्ने र जानकारी लिने गरेको बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button