नेपाली काँग्रेस पर्सा सङ्गठन सुदृढीकरण अभियानमा जुट्यो
वीरगञ्ज । नेपाली काँग्रेस पर्सा सङ्गठन सुदृढीकरण अभियानमा जुटेको छ ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकमा जनताको साथमा काँग्रेस अभियानसम्बन्धी कार्यक्रम गर्न गराउन १४ वटै स्थानीय तहमा प्रतिनिधि तोकेको छ ।

पदाधिकारी बैठकले जनताको साथमा काँग्रेस अभियान अन्तरगत वीरगञ्ज महानगरपालिकामा प्रकाश उपाध्याय, पोखरीयामा रामनारायण कुर्मी, बहुदरमाई नगरपालिकामा लोकनारायण यादव, पर्सागढी नगरपालिकामा अशोक कुमार गुप्तालाई जिल्ला प्रतिनिधि खटाएको छ ।
त्यसैगरी बैठकले छिपहरमाई गाउँपालिकामा शङ्कर चौधरी, कालिकामाईमा नवीन सिंह, पकहामैनपुरमा रमेश पाण्डे, धोविनीमा रामरुप प्रसाद कुर्मीलाई खटाएको छ भने पटेर्वा सुगौलीमा किशोरी साह कानु, ठोरीमा ओमकृष्ण लामिछाने, जगरनाथपुरमा किरण सरकार, विन्दवासिनीमा शैलेन्द्र यादव, जिरा भवानीमा ममता महतो र सखुवा प्रसौनीमा तीर्थ राज यादवलाई खटाइएको नेपाली कांग्रेस पर्साद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्