पहिरोमा परी बेपत्ता ३ जनाको शव फेला
जाजरकोट । पश्चिम रुकुमको आसबीसकोट नगरपालिकाको पिपलचौरमा पहिरो जाँदा बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।
पहिरोमा परी भेरी नगरपालिका एक मइदेवीकी ३५ वर्षीया बालमती राना र उहाँको ५ वर्षीया छोरी तिर्सना राना र दुई वर्षीया छोरी प्रतीक्षा रानाको शव फेला परेको जाजरकोट नलगाढ नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो ।
अत्यधिक वर्षा भएपछि छोटेतारा सामुदायिक बन उपभोक्ता समूहको भवनमा ओत लाग्ने क्रममा पहिरो गएपछि उनीहरू बेपत्ता भएका थिए भने अन्य दुई जनाले भागेर ज्यान जोगाएका छन् ।
पहिरोका कारण स्थानीय मनु जैसीको घर, जङ्गे कामीको आरा उद्योग र मिल, छोटेतारा सामुदायिक बन उपभोक्ता समूहको भवन पूर्ण रुपमा क्षति भएको छ ।
यस्तै अत्यधिक वर्षाका कारण ५ वटा घर जोखिममा परेका छन् ।
भेरी करिडोरको खलङ्गादेखि पल्नु बजारसम्मका विभिन्न स्थानमा पहिरो गएपछि त्यस क्षेत्रको आवागमन अवरुद्ध भएको छ ।








प्रतिक्रिया राख्नुहोस्