तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा माओवादीले नयाँ मन्त्री पठाउने 

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार मन्त्रीमण्डल समावेशी बनाउनका लागि दुई मन्त्रीलाई फिर्ता बोलाउन लागिएको माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनु भयो । 

उहाँले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाउन लागिएको बताउनु भयो । उहाँका अनुसार जाजरकोटबाट निर्वाचित सांसद कृष्णा शाह र रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीलाई सरकारमा पठाउन सिफारिस गरिएको हो । 

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन् । ती मध्ये सांसद शाह र कामी बाहेक अन्य ९ जना यसअघि नै मन्त्री भइसक्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button