तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक जारी, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रतिवेदन पेश गर्नुहुँदै आफूहरू विरुद्ध भइरहेको घेराबन्दी उचित नभएको बताउनुभयो 

उहाँले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण चुनौतीपूर्ण भएपनि दीर्घकालीन रुपमा  सकारात्मक रहेको  उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले प्रतिबद्ध रहेको भन्नुहुँदै एमालेको एजेण्डामा सहमत हुनेहरूसँग सहकार्य गर्न सकिने बताउनुभयो । 

दुई दिन सम्म चल्ने बैठकमा सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन पेश हुने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।         

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र . समसामयिक प्रस्ताव समेत बैठकमा प्रस्तुत हुनेछ । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको  हो । एमालेको यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button