तपाईँ सुन्दै हुनुहुन्छः

बाराको टाँगिया बस्तीमा विद्युत् मिटर जडान गर्ने प्रक्रिया सुरु

बारा  । लामो समयदेखि बिद्युतीकरण हुन नसकेको बाराको टाँगिया बस्तीमा विद्युत् मिटर जडान गर्ने प्रक्रिया सुरु भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित टाँगिया बस्तीमा विद्युत् मिटर जडान गर्ने प्रक्रिया नेपाल बिद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले सुरु गरेको हो  । 

सिमरा वितरण केन्द्रले राष्ट्रिय गौरवको आयोजनाका कारण लामो समयदेखि न्यूनतम आवश्यकताका पूर्वाधारबाट समेत वञ्चित टाँगिया बस्तीमा मिटर जडान गर्न लागिएको हो  । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टाँगिया बस्तीमा बिद्युतीकरण हुन सकेको थिएन् । पहिलो चरणमा बिद्युतीकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अब मिटर जडानको प्रक्रिया सुरु गरेको छ । 

मिटर जडानका लागि एक सय रुपैयाँ तिरेर सिमरा र निजगढ मध्ये एक ठाउँमा आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टाँगियाका स्थानीयलाई बिद्युत् सेवा उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको पहलमा बिद्युतीकरण भएको हो । 

बिद्युतीकरण सुरु हुनुअघि मन्त्रीसन्त्री पम्फा भुषाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले टोलीले टाँगियाको निरीक्षण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button