तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ः०० बजे बस्न लागेको हो ।

आजको बैठकमा कार्यदलका संयोजक तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला भने अनुपस्थित रहनुहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएका कारण उहाँ बैठकमा अनुपस्थित हुनुहुने भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button