तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न, सामाजिक न्याय र समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउनुभयो ।

जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले वाम शक्तिको एकताबाट सामाजिक रूपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरूक बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा विभागका कामको संक्षिप्त रिपोर्टिङ सहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button