उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल–कोरिया मैत्री सङ्घ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पुर्याउन खाँचो रहेको औँल्याउनुभयो ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्