तपाईँ सुन्दै हुनुहुन्छः

‘दूरदराजका जनताका समस्याहरू उठाउन गर्न रेडियो सञ्चालकहरूलाई आग्रह’

काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले आज रेडियोकर्मीहरूसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले रेडियोहरू आवाज विहीनको आवाज बोल्ने माध्यम भएकाले दूरदराजका जनताका समस्याहरू उठाउन गर्न रेडियो सञ्चालकहरूलाई आग्रह गर्नुभयो । 

रेडियो ब्रोडकास्टिङ एसोसिएसन नेपाल वानका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईले अझै पनि रेडियोका श्रोताहरू माझ लोकप्रिय रहेको बताउनुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रचार विभागका उपप्रमुख विष्णु रिजाल लगायतले नेपालको पत्रकारितामा रेडियोको भूमिका उल्लेख्य रहेको औँल्याउनुभयो । 

यस अवसरमा ब्रोडकास्टिङ एसोसिएसन नेपाल वानमा निर्वाचित पदाधिकारीलाई बधाई गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button