लागु औषधसहित पक्राउ परेका व्यापारी सार्वजनिक
टीकापुर कैलाली । कैलाली प्रहरीले लागु औषधसहित पक्राउ परेका धनगढीका एक जना व्यापारीलाई सार्वजनिक गरेको छ ।
लागु औषध चरेससहित गएराति पक्राउ परेका ३६ वर्षीय दिनेश सिंहलाई कैलाली प्रहरीले आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भई हाल धनगढीको जुगेडामा किराना पसल गरेर बसेका सिंहलाई एक किलो चरेससहित गएराति प्रहरी पक्राउ गरेको थियो ।
सिंहमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्