थप दुई सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो ।
एक हजार आठ सय १६ जनाको पीसीआर र एक हजार छ सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
यही अवधिमा चार सय ७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९२ पुगेको छ । हाल होम आइसोलेशनमा चार हजार एक सय ५५, संस्थागत आइसोलेसनमा एक सय ९३, आइसियुमा ५१ र भेन्टिलेटरमा पाँच सङ्क्रमित उपचाररत छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्