तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा ८४ लाख बढीको सामानसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज । प्रज्ञापन पत्र भन्दा बढीको भन्सार छलीको सामान बोकेको आरोपमा सशस्त्र प्रहरीले ८४ लाख ३४ हजार ७ सय ५८ रुपैयाँभन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १४ गण्डकबाट गए राति पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा ५९ लाख ३४ हजार बराबरको प्रज्ञापन पत्र नभएको स्टेशनरी सामान, ब्याट्री, औषधी, प्लाई उड, एसिड बरामद गरेको र तस्करीको सामान सहित बरामद ट्रकको २५ लाख मूल्याङ्कन गरी ट्रकसहित सामानको ८४ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ मूल्य काम गरी आज थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरीका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button