तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भएको छ।

बैठक पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसोको १ बजे भनिएको बैठक केहीढिला गरी शुरु भएको हो । बैठक अहिले पनि जारी छ । जारी बैठकमा पदाधिकारी टुंगो लगाउने, चुनावी कार्यक्रम बनाउने र नेताहरुको कार्य बिभाजनको बारेमा छलफल शुरु भएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक बिना निष्कर्ष सकिएको थियो ।गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button