तपाईँ सुन्दै हुनुहुन्छः

‘अफ सिजन’ मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

सोलुखुम्बु । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

गत वर्ष यही समयमा दैनिक २/३ जनामात्र विदेशी पर्यटकहरू मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२÷१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्क छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुखका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरले समेत दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेको छ ।

खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र अटम सिजनका रुपमा असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।

तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरू आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको पर्यटन व्यवसायीहरूको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button