तपाईँ सुन्दै हुनुहुन्छः

आगामी बैठकमा गठबन्धनको मोडालिटी र सिट बाँडफाँटको प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलको आज बसेको बैठकमा पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेर आगामी बैठकमा गठबन्धनको मोडालिटी र सिट बाँडफाँटको प्रस्ताव ल्याउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलका संयोजक र सदस्यहरुले पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेर अगाडी बढ्ने सहमति भएको बताउनुभयो ।

कार्यदलका संयोजक र सदस्यहरूको पार्टीका शीर्ष नेतृत्वसँगको छलफल र परामर्शपछि गठबन्धन सम्बन्धी विषयहरूको टुङ्गो लाग्ने पनि मन्त्री  कार्कीले बताउनुभयो । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति ती दलहरुबीच भएपछि गठन गरिएको कार्यदलको बैठक गठबन्धनको मोडालिटी र सिट बाँडफाँटबारे पटक पटक बैठक बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button