तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपति बाइडनद्वारा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी महत्त्वपूर्ण विधेयक प्रमाणीकरण

काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडनले ४ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु भएको छ । 

यो विधेयक अन्तर्गत छुट्टाइएको रकम अमेरिकी इतिहासकै जलवायु परिवर्तन सम्बन्धी सबै भन्दा ठुलो भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अब ऐन भएर लागू हुने छ । 

उक्त विधेयकको रकम अमेरिकाको हरित ग्याँस र कार्बन उत्सर्जन न्यूनीकरणका साथै महँगी र औषधीको मूल्य नियन्त्रणमा लागि पनि प्रयोग हुने रोयटर्सले उल्लेख गरेको छ ।

आगामी नोभेम्बरमा हुने अमेरिकी संसदको निर्वाचनलाई मध्यनजर राख्दै डेमोक्राटिक पार्टीले महँगी नियन्त्रण र जलवायु परिवर्तन सम्बन्धी विधेयक पास गर्ने पहल गरेको रोयर्टसले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button