दुर्गममा बन्दै १५ बेडको अस्पताल
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको दुर्गम क्षेत्रमा पर्ने सुकेपोखरीमा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाका ४, ५ र ९ नम्बर वडालाई केन्द्रित गरेर थुलुङ दूधकोशी अस्पताल बन्न लागेको हो ।
करिब १९ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । कोशीपारीका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल स्थापना गर्न लागिएको पालिका अध्यक्ष राईको भनाइ छ ।
सुरु भएको १८ महिनाभित्र अस्पतालको निर्माण सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाको छ ।
अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । स्थानीय प्रेमकुमार राईले भन्नुभयो, सामान्य बिरामी भएको अवस्थामा पनि डोको र स्ट्रेचरमा गाउँबाट विभिन्न स्थानमा लैजानुपर्ने अवस्थाको अन्त्य हुने आशा छ । कतिपय बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि लैजानुपर्ने बाध्यता छ भने कतिपयले प्राथमिक उपचार पनि नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो ।
यसैबिच, थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माणाधीन ५० बेडको दूधकोशी सामुदायिक अस्पताल पनि असोज ५ गतेबाट विधिवत् रुपमा सञ्चालनमा आउने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्