लुम्बिनी प्रदेश सरकारद्वारा एक वर्षका मुख्य उपलब्धि सार्वजनिक
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सरकार गठनको एक वर्षका मुख्य ५२ उपलब्धि आइतबार सार्वजनिक गरेको छ ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारले गरेका मुख्य ५२ उपलब्धि सार्वजनिक गर्दै कार्यकाल सफल भएको बताउनुभयो ।
मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आय र राष्ट्रिय कुल ग्राहस्थमा १४.१ प्रतिशत योगदान रहेको बताउनुभयो । उहाँले बजेट कार्यान्वयनको सन्दर्भमा पुँजीगत ७७.४७ प्रतिशत र चालुमा ७०.२२ प्रतिशत तथा कुल खर्च ७४.२० प्रतिशत रहेको जानकारी दिनुभयो ।
प्रवक्ता शर्माले सरकारले प्रदेशवासीहरूको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालनी गरेको बताउनुभयो ।
अर्थ सचिव नेत्रप्रसाद सुवेदीले ४० अर्ब ९५ करोडको बजेटमा ३७ अर्ब ११ करोड खर्च भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्