तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा शिक्षा क्षेत्रमा संघीय सरकारबाट डेढ अर्बभन्दा बढी बजेट प्राप्त

अछाम । अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब बढी बजेट प्राप्त गरेका छन् । 

चालु आर्थिक वर्ष २०७९/८० मा अछामका १० वटा स्थानीय तहमा शिक्षा शाखामा १ अर्ब ५५ करोड ७१ लाख १४ हजार रुपैयाँ बजेट विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय जानकारी दिएको छ । 

जिल्लाका १० वटा पालिका मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिका र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाई बजेट प्राप्त भएको छ ।

साँफेबगर नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ता बापत २३ करोड १५ लाख ९३ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ६१ लाख ३७ हजार, विद्यालय सञ्चालन अनुदान ६२ लाख ६१ हजार र शैक्षिक गुणस्तर सुदृढीकरणको लागि १ करोड ४४ लाख १२ हजार गरी २६ करोड ८४ लाख ३ हजार रकम प्राप्त भएको छ । 

सबैभन्दा कम रकम प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता ९ करोड ६४ लाख १ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ५० लाख ९ हजार, विद्यालय सञ्चालन अनुदान २१ लाख ८६ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणको लागि २६ लाख ४५ हजार गरी १० करोड ४८ लाख १ हजार  रकम प्राप्त गरेको छ । 

यस्तै, मंगलसैन नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्तामा १६ करोड ९८ लाख ७२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ५० लाख १६ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ५० हजार, शैक्षिक गुणस्तर सुदृढीकरणको लागि ६० लाख ३४ हजार गरी १९ करोड ५० करोड ७१ हजार प्राप्त गरेको छ । 

त्यस्तै पन्चदेवल विनायक नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ता १३ करोड ७७ लाख ४ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ५९ लाख ३२ हजार, विद्यालय सञ्चालन अनुदान ४६ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा १ करोड ३४ लाख २३ हजार गरी १६ करोड ४८ लाख १५ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ  ।

रामारोशन गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलब भत्तामा ११ करोड ६६ लाख ९८ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३७ लाख २७ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख २७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणको लागि २ करोड १६ लाख ६ हजार गरी १५ करोड ४७ लाख १८ हजार, कमलबजार नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता १३ करोड ४६ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३१ लाख १७ हजार, विद्यालय सञ्चालन अनुदान ३८ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरण ५० लाख ७४ हजार गरी १५ करोड २५ लाख ३८ हजार रकम प्राप्त भएको छ ।

तुर्माखाँद गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलब भत्तामा १२ करोड ९२ लाख ८२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३१ लाख ९ हजार, विद्यालय सञ्चालन अनुदान ४२ लाख ८२ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा ५० लाख ५५ हजार गरी १५ करोड १७ लाख २८ हजार, मेल्लेख गाउँपालिकाले कर्मचारी तलब भत्तामा १० करोड ७८ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड १५ लाख २५ हजार, विद्यालय सञ्चालन अनुदान ३४ लाख ९ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणको लागि १ करोड ८२ लाख ३ हजार गरी १३ करोड ३२ लाख १५ हजार रकम प्राप्त गरेका छन् । 

त्यस्तै चौरपाटी गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता ९ करोड ७७ लाख ७ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ९४ लाख ९९ हजार, विद्यालय सञ्चालन अनुदान ३२ लाख ३१ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा १ करोड ८० लाख ७६ हजार गरी १२ करोड ८५ लाख १३ हजार र ढकारी गाउँपालिकाले कर्मचारी तलब भत्ता ८ करोड ६५ लाख १९ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड २१ लाख ४१ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ७६ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणको लागि ४७ लाख ९५ हजार गरी १० करोड ७६ लाख ३२ हजार रुपैंया विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button