मुग्लिन बजार नजिकै इट्टा बोकेको ट्रक त्रिशुलीमा खस्यो

चितवन । चितवनको नाग्दी खोलाबाट इट्टा बोकेको ट्रक त्रिशुलीमा खसेको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट त्रिशुली नदीमा ट्रक खसेको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको उक्त स्थानबाट आज बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको थियो । ट्रकमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन । ट्रक दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ । अहिले उद्धारको कार्य भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्