करार शिक्षक हटाएकोमा विरोध : बर्दिबास नगरपालिकाको कामकाज ठप्प

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाले करारका शिक्षक हटाएपछि आन्दोलनरत्त शिक्षकहरूले नगरपालिकाको कामकाज ठप्प पारेका छन् ।
पुर्नवहालीको माग गर्दै आईतवारदेखि आन्दोलनरत्त शिक्षकहरूले आज पाँचौदिन नगरपालिकाको कामकाज ठप्प पारेका हुन् ।
नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पस्न रोक लगाइएको पीडित शिक्षक भिखारी दासले बताउनुभयो ।
बर्दिबास नगरपालिकाका पूर्व मेयर विदुर कुमार कार्कीले गत वर्ष ६२ जना करारका शिक्षक भर्ना गर्नु भएको थियो । निर्वाचित मेयर प्रह्लाद कुमार क्षेत्रीले करार शिक्षकहरूको म्याद थप नगरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरूलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जानकारी गराउनुभएको थियो ।
यता, बर्दिबास नगरपालिकाका मेयर क्षेत्रीलाई ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा आउन शिक्षकहरूलाई आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्