सत्ता गठबन्धन : सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी निर्वाचनका लागि सिट सङ्ख्या बाँडफाँट गर्न बनेको सत्तारुढ गठबन्धनको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न २:०० बजे बस्ने छ ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीन, माओवादी केन्द्रबाट दुई, नेकपा एकीकृत समाजवादीबाट तीन, जनता समाजवादी पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट दुई जना सदस्य रहनुभएको छ ।
कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ ।
त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।
कार्यदलको पहिलो बैठक यही साउन २३ गते बसेको थियो । यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्ने गरी समझदारी बनेको थियो ।








प्रतिक्रिया राख्नुहोस्