समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेड नारायणगढ शाखाले भरतपुरको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कम्पनीले संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई सामाग्री वितरण गरेको हो ।

उक्त विद्यालयमा आज एक कार्यक्रमका बीच ८० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको कम्पनीका शाखा प्रबन्धक विकास सापकोटाले जानकारी दिनुभयो । विद्यालयका विपन्न विद्यार्थीलाई अध्ययन गर्न प्रोत्साहन र सहज होस भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको सापकोटाको भनाई छ ।

आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हालसम्म देशका ६ वटा शाखाबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले निकट भविष्यमा इटहरी र जनकपुरमा शाखा थप गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो । यो कम्पनी राष्ट्र बैङ्कबाट ग वर्गमा इजाजत प्राप्त वित्तीय संस्था हो ।








प्रतिक्रिया राख्नुहोस्