विद्यार्थीमा भाइरल प्रकोप देखिएपछि विद्यालय बन्द
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामा खानीमा सञ्चालित ज्वालामाई आधारभूत विद्यालयका विद्यार्थीहरूमा भाइरल प्रकोप देखिएपछि विद्यालय बन्द गरिएको छ ।
केही दिनदेखि विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीको प्रकोप अत्यधिक रुपमा फैलिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयमा दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिनुभयो ।
विद्यालयका ६० प्रतिशतभन्दा बढी विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताको प्रकोप देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मगरले बताउनुभयो ।
उनीहरूको हेरचाह गर्न र विद्यार्थी निको भएपछि मात्रै विद्यालय पठाउन विद्यालय प्रशासनले अभिभावकहरूलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्