बर्दियाको गुलरियामा प्रशासनद्वारा बजार अनुगमन
बर्दिया । बर्दियाको गुलरियामा जिल्ला प्रशासन कार्यालय बर्दिया, घरेलु कार्यालय, गुलरिया नगरपालिका र नापतौल विभाग नेपालगंजको संयुक्त टोलीले आज बजार अनुगमन गरेको छ ।
उद्योग वाणिज्य विभागको परिपत्र अनुसार किराना पसल, कस्मेृटीक पसल, फेनसी पसल, लगायतका पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले बताउनुभयो । कानुन बमोजिम नमिलेको पसलमा कैफियत अनुसार जरिवाना समेत गरेको उहाँले बताउनुभयो
गैर कानुनी रूपले व्यापार व्यवसाय गर्न नपाउने र पहिला गरेको अनुगमनमा दिइएको सुझाउलाई नमान्ने केही पसललाई जरिवाना समेत गरेको गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्