देशभर थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ९ सय ५८ नमूनाको पिसिआर परिक्षण गर्दा ५ सय ६० र ३ हजार ३ सय ४२ नमूनाको एन्टीजेन परिक्षण गर्दा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित ४ सय ३८ जना निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ ।
यस्तै आज १ लाख ७१ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्