ब्रुनाईका सुल्तानद्वारा आसियानको एकतामा जोड
बन्दर सेरी बेगावान। ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहले सोमबार आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ) सदस्य राष्ट्रहरूलाई १० देशको ब्लकको केन्द्रीयता र एकतालाई मजबुद राख्न आह्वान गर्नुभएको छ । सोमबार पर्ने आसियान दिवसका उपलक्ष्यमा आफ्नो सन्देशमा सुल्तानले सो आह्वान गर्नुभएको हो । यसवर्ष आसियानको ५५औँ स्थापना दिवस हो ।
“आसियान दिवसले हामीलाई हाम्रा उपलब्धिहरू संरक्षण गर्दै जन–उन्मुख, जन–केन्द्रित आसियानको महसुस गर्ने वातावरण निर्माण गर्नेछ । “कोभिड–१९ महामारीका कारण उत्पन्न अवरोधदेखि भू–राजनीतिक प्रतिस्पर्धासम्म यस क्षेत्रले वर्षौंदेखि सामना गरेको चुनौतीका बाबजुद पनि आसियानले यस क्षेत्रको पुनःस्थापना र शान्ति र समृद्धिको निरन्तर विकासलाई अगाडि बढाउन आफ्ना सदस्य राष्ट्रहरू र बाह्य साझेदारहरूसँग मिलेर काम गरिरहने छ ।“ सुल्तानले थप्नुभएको छ ।
“आसियान सदस्य राष्ट्रहरू मिलेर एकता कायम गर्दै सामुदायिक लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नुपर्ने छ । यो घनिष्ठ सहयोग र समन्वयबाट मात्रै प्राप्त गर्न सकिन्छ जहाँ हामी चुनौतीहरूलाई सम्बोधन गर्न र हाम्रो पारस्परिक हितका लागि उत्पन्न हुने अवसरहरूको फाइदा लिन सक्षम छौँ,“ सुल्तानले थप जोड दिनुभएको छ । उहाँले ब्रुनाई सधैँ सदस्य राष्ट्रहरू बीच सहकार्य गर्दै यस क्षेत्रमा दीर्घकालीन शान्ति, सुरक्षा, विकास, आर्थिक वृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्