मौरी खोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध
चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
आज साँझ ५ बजे भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा पहिरो खसेको हो । लेदोसहितको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि यस स्थानमा पहिरोले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्