तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ ।

यस दिन नेप्से परिसूचक १०.२७ अङ्कले बढेर २१२३.८२ अङ्कमा बन्द भएको छ यस दिन जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ ।

बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयरहरू किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button