सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आइसियुमा उपचाररत कोरोना संक्रमित कञ्चनपुरको भिमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
उनी केही दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
यस्तै, अस्पतालमा हाल १३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
कोरोना पछिल्लो भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने ती पुरुष सम्भवतः पहिलो व्यक्ति भएको सरकारी अधिकारीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्