अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पटक पटक पहिरोको कारण अवरुद्धहुंँदै आएको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहोर गर्छन् ।








प्रतिक्रिया राख्नुहोस्