तपाईँ सुन्दै हुनुहुन्छः

२३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

चितवन । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

गए राति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सोही लेदोसहितको पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको मिनी ट्रक समेत फसेको छ ।

सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मङ्गलवार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button