ऋणी युवकद्वारा विष सेवन गरी आत्महत्याको प्रयास
बारा । बारामा साहु महाजनको ऋणको कचकच सहन नसकी एक युवकले विष सेवन गरेका छन् ।
महागढीमाई नगरपालिका ७ बेनौलीका २८ वर्षीय शेषनाथ साह कानुले ऋणको कचकच सहन नसकी विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् ।
साहु-महाजनहरूले ऋण पटक पटक फिर्ता माग्दा पनि दिन नसकेपछि युवकले विष सेवन गरी आत्महत्याको प्रयास गरेको बारा प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
साहको उपचार कलैया अस्पतालमा भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्