मनकामना केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने
गोरखा । नेपालको पहिलो केबलकार मनकामना केबलकार साउन २३ गतेदेखि ५ देखि ६ हप्ताका लागि बन्द हुने भएको छ ।

केबलकारलाई एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नति गर्नका लागि केबलकार सेवा बन्द गर्न लागिएको स्टेशन म्यानेजर उज्जल शेरचनले बताउनुभयो ।

स्तरोन्नतिका लागि अस्ट्रियाको डोप्पेलमायर कम्पनीबाट प्राविधिकहरू आइसकेका र काम नसकिएसम्म सेवा बन्द रहने उहाँको भनाइ छ । केबलकारको बाटो भएर मनकामना मन्दिरमा पूजा अर्चनाका लागि भक्तजनहरू आउने जाने गर्दछन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्