तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा हराएका मध्ये एक जनाको शव भेटियो

कपिलवस्तु । अविरल वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले एक दम्पत्तीलाई बगाएको थियो । 

बाणगंगा– ७ निवासी २६ वर्षीय राममाया सुनारको शव बगेको ठाउँभन्दा एक किलोमिटर तल नदी छेउमा भेटिएको स्थानीयले जानकारी दिए । नदीमा हराएका वीर बहादुर सुनारको खोजीकार्य जारी छ । वीर बहादुर र लक्ष्मी श्रीमान्, श्रीमती हुन् । 

कोइली नदी तर्ने क्रममा बुवा आमालाई नदीले बगाए पनि १२ वर्षीय छोरा निरज सुनार भने बाँच्न सफल भएका छन् । निरजलाई बाढीले नदी किनारमा उछिट्ट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गर्न सफल भएका हुन् । एका बिहानै घरबाट जङ्गलमा निहुरो टिप्न गएका र फर्केर आउँदा नदीले उनीहरुलाई बगाएको हो । अहिले इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय बाणगंगाको एक विशेष टोलीले नदीमा हराएका वीर बहादुरलाई खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button