दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि छलफल सुरु
काठमाडौँ । सरकारले देशका विभिन्न दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि छलफल अघि बढाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा सोमवार उद्योग मन्त्रालयमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका सम्बन्धमा छलफल भएको छ । मन्त्रालयका उच्च पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी तथा अन्य सम्बद्धहरूको सहभागितामा मन्त्रालयमा छलफल भएको हो ।
छलफलमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले जडीबुटी प्रशोधन केन्द्र निर्माण प्रक्रियालाई शीघ्र अघि बढाउन आग्रह गर्नुभएको थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत जडीबुटी प्रशोधन केन्द्र स्थापन गर्ने भनी बजेट समेत विनियोजन गरेको छ ।
मन्त्रालयले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने गरी छलफल अघि बढाएको हो ।








प्रतिक्रिया राख्नुहोस्