तपाईँ सुन्दै हुनुहुन्छः

तिर्थालु बोकेका सवारी साधन दुर्घटना हुँदा १९ जना घाइते

बर्दिबास । महोत्तरीको बर्दिबासमा बोलबम तिर्थालु बोकेका सवारी फरक फरक दुई स्थानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा परि घाइते भएकाहरूको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल, जनसेवा हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

बर्दिबास नगरपालिका–५, ढुङ्ग्रेस्थित बोलबम तिर्थालु बोकेको ज१त ६१३५ नम्बर ट्र्याक्टर अनियन्त्रित भएर पल्टिदा १४ जना घाइते भएका छन् ।

घाइते हुनेहरू सबै धनुषाको धनुषा नगरपालिकाका स्थानीय हुन् ।

त्यस्तै, बर्दिबास नगरपालिका–३, पाटुस्थित बोलबम यात्रु बोकेको ना३त २०१७ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज११प ७९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र ट्र्याक्टरमा सवार गरी ५ जना घाइते भएका छन् ।

घाइतेहरूको अवस्था सामान्य रहको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button